मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

खनाल-नेपाल समूहले घोषणा गर्‍यो काठमाडौंमा समानान्तर कमिटी, मानन्धरको नेतृत्व

ओलीसँग सहमतिको प्रयास गर्नुको कुनै अर्थ छैन : नेता नेपाल

आइतबार, चैत्र २२ २०७७

काठमाडौं । नेकपा एमालेको को झलनाथ खनाल– माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ।

आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रमबाट खनाल नेपाल समूहले बसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो । मानन्धर बागमती प्रदेश सभाका सांसद हुन् ।

एमालेको काठमाडौं जिल्ला अध्यक्षमा केपी शर्मा ओली समूहका कृष्ण राई छन् । ओलीले नेपालसहित ४ जनालाई पार्टीबाट निलम्बन गरेपछि खनाल नेपाल समूहले सामानान्तर कमिटी गठन गरिरहेकोल छ । कार्यक्रममा नेता नेपालले बालुवाटारबाट ओलीले तमासा देखाइरहेको आरोप लगाएका थिए ।

नेता नेपालले अध्यक्ष ओलीसँग सहमतिको प्रयास गर्नुको कुनै अर्थ नभएको बताए । ओलीसँग बालुवाटारमा सहमतिको प्रयास गरेर कुनै उपलब्धि हासिल नहुने नेता नेपालको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार