बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सन्दीपले इङ्ल्यान्डमा हुने टि–२० ब्लास्ट क्रिकेट खेल्ने

बिहिबार, चैत्र १२ २०७७

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डको घरेलु टि–२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आगामी जुन ९ देखि १८ सेप्टेम्बर सम्म हुने क्रिकेट प्रतियोगितामा सन्दीपले वोर्सेस्टरशायर र्यापिड्स बाट खेल्ने भएका हुन् ।

वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबका अनुसार इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा सन्दीपले वोर्सेस्टरशायर र्यापिड्स बाट खेल्ने छन् ।

यस अघि सन्दीप आबद्ध इङ्ल्यान्डमै हुने भनिएको “द हन्ड्रेड” प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेन । सन्दीपलाई गत वर्ष ओभल इन्भिन्सिबल्सले १ करोड ५० लाखमा अनुबन्धित गरेको थियो । स्थगित भएको द हन्ड्रेड यही वर्ष हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार