बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एटलान्टालाई हराउँदैं रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बुधबार, चैत्र ४ २०७७

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। इटालियन क्लब एटलान्टालाई च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा ३–१ गोलअन्तरले पराजित गर्दै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो।

मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा रियलले एटलान्टाविरुद्ध सहज जित निकाल्यो। योसँगै रियलले समग्रमा एटलान्टालाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो। पहिलो लेगमा रियलसँग एटलान्टा १–० गोलले हारेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार