काठमाडौं । ह्यारी केनको दुई गोल सहयोगमा टोटेनहम हट्स्परले युरोपा लिगको पहिलो लेगमा डायनामो जेरेभविरुद्ध जित निकालेको छ।
टोटेनहम हट्पर रंगशालामा सम्पन्न खेलको २५ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता बनाएका थिए।
उनको पहिलो गोलसँगै पहिलो हाफमा अग्रता बनाएको टोटेनहमले दोस्रो हाफमा अग्रता दोब्बर बनाउँदा पनि केनले नै गोल गरे।
उनले ७० औं मिनेटमा गोल गरेपछि अन्य गोल सम्भव हुन सकेन। र, टोटेनहमले घरेलु मैदानमा २–० गोलको जित निकाल्यो।
अन्तिम १६ अन्तर्गत पहिलो लेगको जितसँगै टोटेनहम अन्तिम आठको नजिक पुगेको छ। अब दोस्रो लेगको खेल मार्च १८ मा डायनामोको मैदानमा हुनेछ।
बिहीबार राति सम्पन्न अर्को खेलमा अर्को प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ।
युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमै भएको अन्तिम १६ को खेलमा उसले पाहुना टिम एसी मिलानसँग १–१ गोलको बराबरी खेलेको हो।
बराबरीका लागि युनाइटेडका अमद डियालोले दोस्रो हाफको ५० औं मिनेटमा गोल गर्दै अग्रता बनाए तर इन्ज्युरी समयमा सिमन कजयरले गोल फर्काएपछि खेल बराबरीमा रोकिएको थियो।
अब निर्णायक दोस्रो खेल मार्च १९ मा मिलानको मैदानमा हुनेछ।