शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

कोरियामा सुतेकै अवस्थामा नेपाली युवकको मृत्यु

मंगलबार, जेष्ठ १४ २०७६

सौल । रोजगारीको शिलशिलामा कोरियामा रहेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क स्थायी घर भई हाल कोरियाको छुङछङबोग्दो भन्ने स्थानमा बस्दै आएका मधुसुदन श्रेष्ठ हिजो सोमबार कोठामै सुतेको अवस्थामा मृत भेट्टिएका हुन्।

हाल श्रेष्ठको शव छुङछङबोग्दोस्थित एक अस्पतालमा राखिएको र घटनाका विषयमा श्रेष्ठको परिवारलाई जानकारी गराएर आवश्यक प्रक्रिया थालिने कोरियामा रहेको नेपाली राजदूतावासले जनाएको छ । इपिएस अन्तर्गत सिबिटी परीक्षा दिएर रोजगारका लागि कोरिया आएका श्रेष्ठका श्रीमती र एक छोरी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार