बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

रोनाल्डोले २ गोल गर्दा युभेन्टस विजयी

बुधबार, माघ २१ २०७७

काठमाडौँ । क्रिष्टिष्यानो रोनाल्डोले २ गोल गरेपछि इटालियन कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले जित हात पारेको छ ।

गएराति भएको खेलमा युभेन्टसले बलियो प्रतिस्पर्धी इन्टर मिलानलाई २–१ ले हराएको हो । मिलानको मैदानमा भएको खेलमा सुरुवाती अग्रता इन्टर मिलानले बनाएको थियो ।

नवौँ मिनेटमा लाउतारो मार्तिनेजले गोल गरी इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए। युभेन्टसले पेनाल्टीको अवसर पाएपछि २६औँ मिनेटमा रोनाल्डाले गोल गरी खेल बराबरीमा ल्याए । रोनाल्डोले ३५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलको बाँकस् समयमा दुवै टोलीले गोल गर्न नसक्दा युभेन्टस २–१ ले विजयी भयो ।

इन्टर मिलान र युभेन्टसले सेमिफाइनलको दोस्रो लेगको खेल अर्काे साता युभेन्टसको घरेलु मैदानमा खेल्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार