मलेसिया । गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको छैटौँ अधिवेशन आगामी सेप्टेम्बर १ तारिख आइतबारका दिन हुने भएको छ । शनिवार अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको वैठकल अधिवेशनको मिति तय गरेको हो ।
अधिवेशन अगावै २७ जुलाई २०१९ शनिवार ५ वजे सम्म एनआरएनए मलेसियाको पन्जीकृत सदस्य नवीकरण तथा नयाँ सदस्य लिने समय अवधि तोकिएको छ ।
यस्तै संघले पाँचथर मिक्लाजुङमा भएको हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १३ वर्षिय सीता खजुमलाई शिक्षाको लागि एक लाख रुपियाँ सहयोग प्रदान गर्ने घोषणा गरिएको छ ।
साथै बैठकले मलेसिया एनआरएनए कल्याणकारी कोष तथा एसिया प्यासिफिक भेलामा कबुल गरिएको रकम २७ जुलाई २०१९ सम्म उठाउँने निर्णय पनि गरेको छ ।

आज बसेको बैठकले निम्न निर्णय गरिएको छ ।
1/ लेबि रकम 4 महिनाको एकमुस्टमा आरएम 200 बुझाउने निर्णय गरियो । नबुझाएमा सदस्य पनि नवीकरण नहुने र पुरानो हिसाब 10 भित्र सबैलाइ खबर गर्ने र 1 महिना भित्र सबैले किलेर गर्ने निर्णय गरियो ।
2/ एशिया भेलामा कबुल गरिएको रकमको लागि केन्द्रमा पत्रचार गर्ने निर्णय गरियो ।
3/ नया सदस्य 27 जुलाइको 5 बजे सम्म नवीकरण तथा नया सदस्य लिन पाउने निर्णय गरियो । उक्त सदस्य लिनको लागि एनाआरएन कार्ड मान्य हुने साथै पासपोर्ट कपि, भिसा कपि हुनु पर्ने निर्णय गरियो ।सदस्य दस्तुर आरएम 50 लिने निर्णय गरिएको छ ।
4/ 27 जुलाइ सम्म पुरानो कमिटी रहने र त्यस पछि अधिबेशन समिति गठन गर्ने । 1 सेप्टेम्बरमा छैटौं अधिबेसन गर्ने निर्णय गरियो ।
5/nrna malaysia को कल्याणकारी कोषमा कबुल गरिएको रकम जुलाइ 27 सम्म उठाउने निर्णय गरियो ।
6/ nrna मलेशियाको कल्याणकारी कोष अन्तर्गत पाचथरमा भएको घटनाबाट बचेका सीतालाई पढाई खर्चको लागि रु 1 लाख दिने निर्णय गरियो ।
7/ आठौ खेलकुदमा सहभागी भएका खेलाडीहरुलाइ धन्यवाद ब्यक्त गर्दै टिकटमा नपुग भएको रकममा nrn मलेशियाबाट आरएम 1100 दिने निर्णय गरियो ।
8/ चुनाबी आचार सहिताको लागि केन्द्रको बिधान अनुसार जाने निर्णय गरियो ।
9/ बुद्द जयन्तीको लागि एनआरएनबाट 1000 सहयोग प्रदान गर्ने निर्णय गरियो ।
10/ नया बर्षको अबसरमा चियापान कार्यक्रम गर्न अध्यक्षबाट 950 सहयोग प्रदान भएकोमा धन्यवाद ब्यक्त गर्दछौ ।
11/ nrnko कार्यलयको लागि जुनबाट सुरु गर्न पहल गर्ने निर्णय गरियो ।
धन्यवाद ।
गैर आबासिय नेपाली सघ, मलेशिया