शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

ओमानमा बंगालीसँग बस्दै आएका दुई नेपाली महिलाको हत्या

सोमबार, जेष्ठ १३ २०७६

युएई । ओमनमा दुई नेपाली महिलाको हत्या भएको छ । बैदेशिक रोजगारीको शिलसिलामा ओमान पुगेकी मोरङ र बर्दिया घर भएकी दुई नेपाली महिलाको हत्या भएको  छ ।

वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो ।ओमानको सलाहमा बस्दै आएकी अप्सरा दाहालको चक्कु हानेर हत्या गरिएको जनाइएको छ । चक्कु हानेर घाइते भएकी अप्सराको उपचारका क्रममा अस्पतालमा ज्यान गएको छ ।

अप्सराको शव अहिले सुल्तान अलकाबुस अस्पतालमा राखिएको छ ।अप्सरा एक बंगाली नागरिकसँग बस्दै आएकाले हत्यामा तिनै बंगाली नागरिक संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ । घटना भएको ठाउँ टाढा भएकाले दूतावासको प्रतिनिधि पठाउने तयारी भइहरेको छ ।बर्दियाकी सुनिता सार्कीको झुण्डिएको अवस्थामा फेला परेकी छन् ।

तर घुँडाले भुईं छोएकाले सुनिताको मृत्यु शंकास्पद देखिएको हो । सुनिताको मृत्युका बारेमा दूतावासलाई कुवेतमा रहेकी उनकी दिदीले जानकारी गराएकी थिइन् । सुनिता भिजिट भिसामा ओमान पुगेर घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् । अप्सरा र सुनिता दुवै जना काम गर्ने ठाउँ छोडेर भागेर बंगाली नागरिकसँग बस्दै आएको प्रारम्भिक जानकारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार