शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

महाअभियाेग प्रस्ताव दर्ता भएपछि ट्रम्पद्वारा राजधानीमा आपतकाल घाेषणा

बुधबार, पुष २९ २०७७

हिंसाअघिकाे आफ्नाे सम्बाेधनकाे बचाउमा ट्रम्प : ‘मेराे कुरा जायज थियाे’

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमण अघिकाे भाषणका क्रममा आफूले राखेका हरेक कुराहरू जायज भएकाे दाबी गरेका छन् ।

गएकाे बुधबार आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि भाषण गरेका ट्रम्पले आफूविरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि आफ्नाे सम्बाेधन जायज भएकाे दाबी गरेका हुन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण गरिएको पर्खालको केही भाग अवलोकनका लागि टेक्सास जाने क्रममा ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया राख्दै आफू हिंसाको पक्षमा भने नरहेको उनले बताए । तर उनकै सहयोगी, रिपब्लिकन नेताहरुसहितले ट्रम्पको भाषण हिंसाका लागि उक्साउने खालको रहेको भन्दै निन्दा गरेका थिए ।

ट्रम्पले सो भाषणको क्रममा आफ्ना समर्थकलाई संसद भवनमा जान उक्साएका थिए । उनकाे भाषणपछि संसद भवनमा हिंसात्मक आक्रमण सुरु भएको थियो । हिंसामा परी एक प्रहरी अधिकारीसहित पाँचजनाको मृत्यु भएकाे थियाे ।

यद्यपी हिंसाकै बीच अमेरिकाकाे दुवै सदनले जाे बाइडेनकाे जित भएकाे घाेषणा गरिसकेकाे छ । साथै हिंसामा संलग्नमध्ये १७० जना पहिचान भइसकेकाे छ । त्यहाँको गुप्तचर निकाय एफबीआईका अनुसार पहिचान भएका मध्ये ७० जनाविरुद्ध मुद्दा समेत दर्ता गरिसकिएको छ । संसदमा भएको आक्रमणमा संलग्नलाई आत्मसमर्पण गर्न समेत एफबीआईले चेतावनी दिएकाे छ ।

यस्तै आज राष्ट्रपति ट्रम्पविरुद्ध पेस भएकाे महाअभियोग प्रस्ताव मतदान हुँदैछ । ट्रम्पले भने सो कार्य हाँस्यास्पद भन्दै खारेज गरेका छन् । उनी जनवरी २० मा सत्ताबाट बाहिरिँदै छन् । उनी बाहरिएकै दिन जाे बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

उता ट्रम्पले आफूमाथि सुरक्षाको खतरा बढेकाे भन्दै राजधानी वासिङटन डिसीमा जनवरी ११ देखि २४ सम्मका लागि आपतकाल घोषणा गरेका छन् । ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह प्रभावित हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार