मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

गौतम बुद्ध रंगशालालाई अल्का अस्पतालले दियो २५ लाख

आइतबार, पुष १९ २०७७

काठमाडौं । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ।

रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पतालका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ।

रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ भने रंगशालामा ४ गेट रहने छन् ।

मुख्य गेटको डिजाइन स्तुप रहनेछ । रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार