आइतबार, पुष १९ २०७७
काठमाडौं । सदभाव युवा समाज कतारको तेह्रौं वार्षिकसाधारण सभा तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा संस्थाले सन् २०२० मा गरेको वार्षिक कार्यसम्पादनको प्रगति प्रतिवेदन तथा आय–व्यय विवरणको आर्थिक प्रतिवेदन लगायत लेखा निरिक्षण समितिको प्रतिवेदन साथै विधान परिमार्जन प्रस्ताव अनुमोदनलगायत कार्यक्रम भएको थियो । यस्तै आगामी वर्ष सन् २०२१को लागी वार्षिक कार्ययोजनाहरु प्रस्तुत भएको थियो ।

दोश्रो चरणको बन्दशत्रद्वारा वर्ष २०२१ को लागी पुरानै २०२० कै कार्यसमिति तथा अन्य समितिहरुलाइ नै निरन्तरता दिनेगरी सामान्य फेरबदल मात्र गरी १५ सदस्यीय कार्यकारिणी समिति, ७ सदस्यीय सल्लाहकार समिति, ३ सदस्यीय लेखा परिक्षण समिति, त्यसैगरी साँस्कृतिक विभागमा ७ सदस्यीय समिति र फोटो तथा भिडियोग्राफी विभागमा ३ सदस्यीय समिति गठन गरिएको छ ।

#तेह्रौं_वार्षिक_साधारण_सभा_तथा वार्षिकोत्सव_कार्यक्रम_सम्पन्न
आफ्ना सानातिना आवस्यकताहरुको परिपुर्तिको लागी रोजगारीको सिलसिलामा कतारलाई कर्मथलो बनाई प्रवासीयका नेपालीहरु मध्य कतार एअरवेजका विभिन्न डिपार्टमेन्टहरुमा कार्यरत नेपालीहरुद्वारा आफ्नो मातृभुमी तथा समाजको लागी समेत केहि योगदान गरौं भन्ने उद्धेश्यका साथ कतार एअरवेजका सबै डिपार्टमेन्टहरुमा कार्यरत सम्पुर्ण नेपालीहरुलाई समेट्ने गरी “आपसी सहयोग, सामाजिक सदभाव र बन्धुत्वको भावना” सहित सामाजिक आवस्यकताको पक्षमा समाहित भई सन 2008 मा स्थापित यस श्री सदभाव युवा समाज कतारको तेह्रौं वार्षिक साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रम यहि मिति 2021 जनवरी 2 तारिख शनिवारका दिन दोहाको नज्मामा संस्थाका अध्यक्ष श्री गुणानिधि घिमिरे ज्यूको अध्यक्षता साथै यस संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक श्री बाबुराम घिमिरे ज्यूको प्रमुख आतिथ्य, लगायत संस्थाका अग्रज ज्यूहरुको विशेष आतिथ्यमा कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न भयो ! कार्यक्रमको पहिलो चरणमा संस्थाले 2020 मा गरेको वार्षिक कार्यसम्पादनको प्रगति प्रतिवेदन तथा आय/व्यय विवरणको आर्थिक प्रतिवेदन लगायत लेखा निरिक्षण समितिको प्रतिवेदन साथै विधान परिमार्जन प्रस्ताव अनुमोदन लगायत आगामी वर्ष 2021 को लागी वार्षिक कार्ययोजनाहरु प्रस्तुत भएको थियो ! दोश्रो चरणको बन्दशत्र द्वारा वर्ष 2021 को लागी पुरानै (2020 कै) कार्यसमिति तथा अन्य समितिहरुलाइ नै निरन्तरता दिनेगरी सामान्य फेरबदल मात्र गरी तपसिल बमोजिमको 15 सदस्यीय कार्यकारिणी समिति, 7 सदस्यीय सल्लाहकार समिति, 3 सदस्यीय लेखा परिक्षण समिति, त्यसैगरी साँस्कृतिक विभागमा 7 सदस्यीय समिति र फोटो तथा भिडियोग्राफी विभागमा 3 सदस्यीय समिति गठन गरियो ! हालको विषम परिस्थिति लाई मध्यनजर र स्थानीय कानूनको सम्मान गर्दै यस कार्यक्रमलाई विगतका वर्षहरुमा जस्तै वृहत् रुपमा आयोजना नगरी संस्थाका कोषाध्यक्ष श्री विजय गुरुङ ज्यूको निवासबाट सम्पन्न गरियो ! आवस्यक सावधानी पुर्वक कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाईदिनुहुने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ??
#तपसिल-:
#संस्थाका_अग्रज_एवं_संरक्षक_ज्यूहरु
संरक्षक -: श्री बाबुराम घिमिरे
संरक्षक -: श्री पुर्ण ब. मगर
संरक्षक -: श्री भुगोलकाजी श्रेष्ठ
संरक्षक -: श्री चोप ब. गुरुङ
संरक्षक -: श्री खड्क श्रेष्ठ
#सल्लाहकार_समिति-:
प्रमुख सल्लाहकार-: श्री सुरेश तामाङ
सल्लाहकार -: श्री शिशिर काफ्ले
सल्लाहकार -: श्री प्रेम सिंह
सल्लाहकार -: श्री छवि भट्ट
सल्लाहकार -: श्री राम घले
सल्लाहकार -: श्री प्रकाश जी. सी.
सल्लाहकार -: श्री किशोर गुरुङ
सल्लाहकार -: श्री कृष्णहरी पौडेल
#कार्यकारिणी_समिति-:
अध्यक्ष :- श्री गुणानिधि घिमिरे
प्र. उपाध्यक्ष -: श्री बिनेश कुमार गुरुङ
द्वि. उपाध्यक्ष -: श्री चण्डी प्रसाद भुषाल
महासचिव -: श्री बिनोद दुलाल
सचिव -: श्री टिका बिष्ट
सह-सचिव -: श्री रुस्तम मोक्तान
कोषाध्यक्ष -: श्री बिजय गुरुङ
सह-कोषाध्यक्ष -: श्री रामचन्द्र न्यौपाने
सदस्य -: श्री राजेन्द्र रेग्मी
सदस्य -: श्री टिका राना
सदस्य -: श्री भरत गुरुङ
सदस्य -: श्री श्रवण कुमार झा
सदस्य -: श्री धर्मराज पोखरेल
सदस्य -: श्री मनिष बोहरा
सदस्य -: श्री राजकुमार निरौला
#लेखा_समिति-:
संयोजक -: श्री कृष्ण खनाल
सदस्य -: श्री बिकल श्रेष्ठ
सदस्य -: श्री शम्भु खतिवडा
#कार्यक्रम_संचालक -:
श्री चित्र ब. गुरुङ
श्री देवेन्द्र सापकोटा
#साँस्कृतिक_विभाग-:
प्रमुख -: श्री राम लामा
सदस्य -: श्री चित्र ब. गुरुङ
सदस्य -: श्री राजु रायमाझी
सदस्य -: श्री सुनिल थापा
सदस्य -: श्री टिका गुरुङ
सदस्य -: श्री डोलराज पौडेल
सदस्य -: श्री हरि गुरुङ
#फोटो_तथा_भिडियोग्राफी_विभाग
सदस्य -: श्री डिल्ली तामाङ
सदस्य -: श्री नेत्र गुरुङ
सदस्य -: श्री बिन्दुबाबु तामाङ
नवनिर्वाचित सम्पुर्ण समिति/उपसमितिका सम्पुर्ण पदाधिकारी ज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागी शुभकामना ??
जय सदभाव ??
——————————————————————————————————————-
आपसी सहयोग, सामाजिक सदभाव र सेवामा समर्पित यस श्री सदभाव युवा समाजले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एउटा विशेष महत्व राख्ने सामाजिक कार्यलाइ वार्षिक कार्ययोजना अन्तर्गत सम्पन्न गर्दै आएअनुरुप यस वर्ष 2020 को वार्षिक कार्ययोजनामा समाजसेवी रामजी अधिकारी ज्यू द्वारा स्थापित साहाराबिहिन बेवारिसेहरुको सहारा बन्दै आईरहेको संस्था, सडक मानव रहित, सामाजिक सदभाव सहित, मानवताको देश निर्माण अभियानमा जुटेको एउटा साक्षात् मानव तिर्थस्थल “मानव सेवा आश्रम” लाई सदभाव युवा समाज कतार र नेपालको संयुक्त आयोजनामा आजमिति २०७७ मंसीर २२ गते काठमाडौं स्थित मानव सेवा आश्रम सामाखुशी शाखामा रु १,११,१११/- (रु. एक लाख एघार हजार एक सय एघार) आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ
सस्थाले यसपालीको हाम्रो अभियान रक्तदान नै जीवनदान भन्ने मुल नारा सहित देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको समेत आयोजन गरेको छ जसमध्य चितवनमा गत मंसीर २० गते रक्तदान कार्यक्रम सम्म्पन भयो साथै अबको केहि दिनमा काठमाडौं, लमजुङ र बुटवलमा पनि आयोजना हुदैछ !
मानव सेवा आश्रमलाइ यो आर्थिक सहयोग हस्तान्तरण गरे लगत्तै यस सदभाव युवा समाजले आज देखिनै मानव सेवा आश्रमको आजीवन सदस्यता प्राप्त गरेको छ ! सदभाव युवा समाज द्वारा हस्तान्तरित यो रकम मानव सेवा आश्रमको अक्षयकोषमा रहिरहने र उक्त रकमबाट प्रत्येक वर्ष प्राप्त वार्षिक व्याजबाट वर्षको एकदिन सदभाव युवा समाजका प्रतिनिधिको उपस्थितिमा आश्रममा आश्रित व्यक्तिहरुलाइ यस संस्थाको नाम बाट भोजन सेवा कार्यक्रम गरिने व्यवस्था रहेको छ !
यहि वर्ष सद्भाव युवा समाज कतारले बाढीपहिरो पिडितलाई ९६ हजार रुपैयाँ सहयोग गरेको छ । अविरल वर्षाका कारण आएको बाढिपहिरो बाट देशले ठुलो जनधनको क्षती बेहोर्नुपरेको अवस्थामा सद्भाव युवा समाजले पिडित परिवारलाइ थोरै भएपनि राहत पुगोस भन्ने हेतुले तीन ओटा जिल्लामा सो सहयोग गरेको हो । युवा समाजले गुल्मि जिल्लाको ईस्मा गाउँपालिकालाई ने.रु. ३२ हजार , लमजुङको मर्स्याङ्दी गाउँपलिका ३ तरापु पल्लोटारिलाई ने.रु. ३२ हजार र म्याग्दी जिल्लाको मालिका गा.पा. विम र धौलागीरी गा.पा.मराङका पिडित घरपरिवारको सहयोगार्थ ने.रु. ३२ हजार गरि जम्मा ९६ हजार नेपाली रुपैयाँ सहयोग गरेकोछ । सहयोग उपलब्ध गराइएको सबै जिल्लामा स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा स्थानीय समाजसेवी व्यक्तित्व मार्फत उक्त राहत वितरण कार्यक्रम सम्पन्न गरिएको थियो !
सद्भाब युवा समाज कतारले देशमा आइपरेका विपत्तिमा सहयोग गर्दै आएकोछ । मरुभूमिमा रोजगारीको सिलसिलामा कतारको एयरपोर्टमा काम गर्ने साथीभाइलाई भैपरी आउने समस्यामा सहयोग गर्न भनि २००८ मा स्थापना भएको यस संस्थाका सदस्यहरुले आफ्नो पारिश्रमिकबाट समाज सेवालाई भनेर छुट्याएको रकमबाट विगतका वर्षहरुमा पनि यसरी देश र समाजमा आइपर्ने प्राकृतिक प्रकोपका बेला देखि लिएर बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको संस्थाका बर्तमान अध्यक्ष गुणनिधि घिमिरेले बताउनु भयो ।
आफ्नो स्थापना काल देखि नै संस्थामा आवद्ध सदस्यहरुलाइ परेको समस्यामा सहयोग गर्ने देखि लिएर देशमा भुकम्प पिडित लगायत बाढिपहिरो पिडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा समेत आर्थिक सहयोग प्रदान गर्दै आइरहेको यस संस्थाले गत वर्ष सन 2019 मा संचारकर्मी रवि लामिछानेको अभियन्तामा निर्माणाधिन रास्कोट सामुदायिक अस्पताल कालिकोट लाइ सदभाव युवा समाज कतार र सदभाव युवा समाज नेपालले सम्युक्त रुपमा रु १० लाख २० हजार त्यसैगरी वर्ष सन 2018 मा राष्ट्रीय आविस्कार केन्द्र लाइ रु ६ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको थियो !
रोजगारीको सिलसिलामा प्रवासीएका नेपाली दाजुभाइ हरुको फराकिला सहृदयी मनहरुलाइ पिडित परिवार लगायत सम्पुर्ण जिल्लाबासीले हार्दिक धन्यवाद साथै कृतज्ञता प्रकट गरेका छन ! विदेशी भुमीमा श्रम गरेर आफ्नो मेहनतको कमाइको केहि अंश देश र समाजका लागी सहयोग गर्ने सहयोगी भावनाहरुको सामाजिक सदभाव, सहयोग र सेवाले संस्थाको गरिमा अझै बढ्दै जाने र फराकिलो सामाजिक परिचयले संस्थाको शिर सधै उच्चो रहेको देखिन्छ ! सदभाव युवा समाज कतारमा आवद्ध सम्पुर्ण मनकारी व्यक्तित्वहरु लाइ हार्दिक धन्यवाद प्रकट गर्दछौं !
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij