बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कोरोनाका कारण स्थगित साफ च्याम्पियनसिप फुटबल आगामी सेप्टेम्बरमा

मंगलबार, पुष १४ २०७७

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको साफ च्याम्पियनसिप फुटबलको नयाँ मिति तय भएको छ । प्रतियोगिता अब अर्काे वर्ष अर्थात् सन् २०२१ को सेप्टेम्बरमा बंगलादेशमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को कार्यसमितिको सोमबार बसेको भर्चुअल बैठकले साफ सन् २०२१ को सेप्टेम्बर १४ देखि २५ सम्म गराउने निर्णय गरेको हो । यस्तै बैठकले उमेर समुहको विभिन्न मिति पनि तय गरेको छ । तर अर्को वर्ष हुने एएफसी क्वालिफायरको मितिलाई मध्यनजर गर्दै मिति परिवर्तन हुने सम्भावना पनि रहेको छ ।

बैठकमा साफ कंग्रेस, इलेक्ट्रोल कोड र २०२१ को प्रतियोगिताका बारेमा छलफल हुदा बजेट र अडिट रिपोर्ट पारित गरेको छ ।

यसै वर्ष हुनुपर्ने साफ च्याम्पियनसिप लगायत उमेर समुहका प्रतियोगिताहरु कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो । माल्दिभ्सले सन् २०१८ मा बंगलादेशमै आयोजित प्रतियोगिताको फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार