शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

कतारको राष्ट्रिय दिवस कतार एकीकरणको राष्ट्रिय उत्सव हो, कतारका लागि नेपालका राजदुत महामहिम यूसुफ मोहम्मद अहमद अल हैलसँगको अन्तरवार्ता

शुक्रबार, पुष ३ २०७७

कतारका लागि नेपाली राजदूत महामहिम यूसुफ बिन मोहम्मद अहमद अल हैलले आफ्नो कार्यकालमा नेपाल र नेपालीको विकासका लागि विभिन्न कार्यहरु गरिहनुभएको छ । नेपाल र कतारको सम्बन्धलाई थप उचाइँमा पुर्याउन प्रतिबद्ध भएर लाग्नुभएका राजुदूत हैल कतार र नेपालले एक आपसमा थप सहकार्य गर्दै कतारमा नेपालीका लागि उपयुक्त अवसर सिर्जना गर्ने र नेपालको समृद्धिमा कतारबाट लगानी भित्र्याउन निरन्तर पहल गरिरहनुभएको छ । पछिल्लो समय राजदूत युसुफ नेपाल र कतारको सम्बन्ध थप बलियो र सुमधुर बनाउन सक्रिय रहेसँगै नेपालमा उदाहरणीय राजदूतको रुपमा आफ्नो पहिचान बनाउन समेत सफल हुनुभएको छ । कतारले राष्ट्रिय दिवस मनाइरहेको सन्दर्भमा नेपाल कतार सम्बन्धका आयाम र भविष्यबारे जनसवाल दैनिकका लागि सम्पादक रामजी बगालेले महामहिम राजदूत हैलसँग छाटो कुराकानी गर्नुभएको छ । कतार सरकार र नेपाल सरकारको बीच बिगत ४२ बर्ष देखि सुमुधुर सम्बन्ध रहेको र यसलाई थप मजबुत बनाउने अभियानमा रहनुभएका महामहिम राजदूत युसुफ बिन मोहम्मद अहमद अल हैलसँग कुराकानीको सारसंक्षेप :

कतारको राष्ट्रिय दिवसको इतिहास के हो ? कतारको यो राष्ट्रिय दिवस कतिऔं हो र कहिले शुरू हुन्छ ? यस वर्ष कतारले राष्ट्रिय दिवस कसरी मनाउँछ ?
सर्वप्रथम यहाँको प्रश्नकोलागि धन्यबाद, कतारको राष्ट्रिय दिवसको अबसरमा १७ डिसेम्बर २०२० देखि आधिकारिक सरकारी छुट्टी रहेको छ भने उक्त छुट्टी आइतवार, २० डिसेम्बरसम्म रहेको छ भने त्यसपछि सरकारी कार्यालयहरु पुन:संचालनमा आउने छन । यस अवसरमा धेरै अन्तरक्रियात्मक, सांस्कृतिक जस्ता महत्वपुर्ण कार्यक्रमहरु हुनेछन् । त्यसै गरि अल रैयान स्टेडियमको उद्घाटन र अमीरकप फाइनल २०२० पनि यहि अवसरमा उद्दघाटन गरिनेछ ।

कतार राष्ट्रिय दिवसको लागि यस वर्षको नारा के हो ? यो नाराको अर्थ र सन्देश के रहन्छ ?
प्रत्येक वर्ष कतार राष्ट्रिय दिवसको नारा आयोजक समिति कतारले राष्ट्रिय दिवस समारोहको लागी एक अद्वितीय नारा तयार गर्दछ । नारा प्रायः कतारको संस्थापक (शेख जसिम बिन मोहम्मद बिन थानीको कविताको उद्धरणबाट नै लिने गरिन्छ । हरेक वर्षको दिवशको नाराले कतारको स्थापना विश्वास पूर्वाधारको बारेमा वर्णन गर्ने गर्दछ, जसमा देश स्थापना र यसले जनता र यस मुलुकको शक्ति अभिव्यक्त गर्दछ । कतार राष्ट्रिय दिवश २०२० मुल नाराको सन्देश यस प्रकार रहेको छ ।
“राजगद्दीका मालिक, हामी हजुरको स्तुति गर्दछौं “।
“हामी हरेक कर्ममा हजुरको फैसला स्वीकार गर्दछौं “।।

कतारको विकासमा हाम्रो नेपाली श्रम शक्तिलाई कसरी सम्झनु हुन्छ ? भिजन २०३० मा कतारको तर्फबाट नेपालीका लागि बढी सम्भावनाहरू के के हुन्छन् ?

कतारमा हाल नेपाली आप्रवासी कामदारहरूको संख्या ३७५००० रहेका छन । कतारमा रहेका नेपालीहरूले धेरै राम्रो गरि रहेछन् र सबै भन्दा राम्रो पक्ष भनेको आप्रवासीहरु सबै क्षेत्रमा प्रमाणित भएका छन् । उनीहरूको राम्रो प्रयासको कतार सरकार र कतारी नागरिकहरुले प्रशंसा गरेका छन् । कतार भिजन २०३० विकास र पूर्वाधारको महत्वाकांक्षी योजना भएकोले यस विषयसंग जोडिएका धेरै कुराहरुमा कतारले नेपालसँग श्रम क्षेत्रमा सहयोग जारी राख्न चाहन्छ ।
कतार राष्ट्रिय दिवस १८७८ मा कतारको एकीकरणको राष्ट्रिय उत्सव हो । १८ डिसेम्बरलाई जासिम बिन मोहम्मद अल थानीको जन्म जयन्तिको रूपमा मनाईन्छ । कतारका संस्थापक पिता थानीको जन्मदिनको उपलक्ष्यमा उक्त दिन २००७ मा एक महत्वपुर्ण घोषणाद्वारा तत्कालीन सिंहासित राजकुमार र वारस स्पष्ट शेख तमीम बिन हमद अल थानीद्धारा अनुकरण गरिएकोले उक्त दिनलाई पनि संस्थापक दिवस को रूपमा मनाउँदै आएको हो । सन १९७१ मा, बेलायती हस्तक्षेप समाप्त भएपछि कतार संयुक्त राष्ट्र संघको सदस्यको रुपमा सहभागी भयो । यसैको शुभअवसरमा कतारी झण्डा ऐतिहासिक रंग सेतो र मरुन रंगको साथ, संयुक्त राष्ट्र संघ मुख्यालयमा फहराएको थियो । कतार राष्ट्रिय दिवस २०२० समारोह कोभिड १९ को प्रतिबन्ध र सावधानीका उपायहरूको कारण अघिल्ला वर्षको भन्दा केही फरक हुनेछ । । राष्ट्रिय दिवशको अवसरमा कतारमा अझै केहि महत्वपुर्ण कार्यक्रमहरू आयोजना हुनेछन् । जस्तै एयर शो, कोर्निचमा परेड, दोहा कार्निचमा आतिशबाजी देशै भरका विभिन्न मल र बिभिन्न व्यवसायिक केन्द्रहरूमा फरक फरक कार्यक्रमहरू र प्रतियोगिताहरू उपयुक्त तरिकाले आयोजना हुनेछन् ।
अन्त्यमा डिसेम्बर १८को अवसरमा “सिंहासनका महाराज, हामी तपाईको प्रशंसा गर्छौं
हाम्रा सबै कामहरूमा तपाईंको निर्णय स्वीकार गर्दछौं“ ।

प्रतिक्रिया
सम्बन्धित समाचार