शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

श्रमिकका सारथी नासर अल अलि मानव अधिकार तथा मानव कल्याणकारी संगठनद्धारा सम्मानित

शुक्रबार, मंसिर २६ २०७७

काठमाडौं । श्रमिकलाई परिवारको व्यवहार गर्ने नासर अल अलि ग्रुप अफ कम्पनीज दोहाका मालिक नासर अलि जदिद जमिल अल अलि राष्ट्रिय मानव अधिकार तथा मानव कल्याणकारी संगठन कतारद्धारा सम्मानित भएका छन् । नासरले आफ्ना कम्पनीमा कार्यरत श्रमिक कामदारहरुको लगनशीलता र कार्यकौशलताको सम्मानार्थ सुन तथा नगद बाट पुरस्कृत गर्दै आएका छन् ।

कतारको प्रतिष्ठित तथा स्थापित निर्र्माण कम्पनी मध्येको उत्कृष्ट कम्पनीमा दर्ज भएको कम्पनीका मालिक नासर अलि जदिद जमिल अल अलिलाई बिहीबार सो सम्मान प्रदान गरिएको हो ।


दर्जन भन्दा बढि देशका हज्जारौं नागरिकलाई रोजगारी उपलव्ध गराएका नासर अल अलिको कम्पनीमा हज्जारौं संख्यामा नेपालीहरुले पनि रोजगारी पाउँदै आएका छन् ।

नासरलाई श्रमिक वर्गको हक हित मानव अधिकारको संरक्षण र जीवन बिकास उन्नतिको निम्ति ब्यवसायको माध्यम बाट उल्लेख्य योगदान दिनु भएको हुनाले एन एच आर एफ ब्यवसायिक सम्मान २०२० बाट सम्मानित गरिएको हो।

श्रमिक लाई आफ्नो दुख सुख को साथी मानेर आफ्नो ब्यवसायमा आफ्नै श्रमिक जस्ले इमानदारीका साथ कार्य गर्छ उसलाइ विभिन्न कोण बाट सहयोग गरि जीवन उकास्न सधैं प्रेरित गर्ने नासर कतारका भिन्न प्रकारका ब्यवसायी हुन।

श्रमिक नै वास्तवमा कम्पनिको मालिक हुन्छ भन्ने सोचले श्रमिकको अधिकार स्थापित गराउन अल अलीले आफै बाट आरम्भ गरेका हुन।

२००६ मा ३० जना कामदार बाट आफ्नो ब्यवसाय आरम्भ गरेका अलिको कम्पनिमा हाल ४००० भन्दा बढी कामदार र १५ वटा भन्दा बढी कम्पनी रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार