काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इजरायलमा २७ डिसेम्बरबाट इजरायली नागरिकलाई कोरोना खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् ।
अहिले विश्वभर विभिन्न देशले आफ्ना नागरिकलाई कोरोना खोप लगाउन सुरु गरेका छन् ।
इजरायलमा चीनमा बनेको कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोग गरिने भएको हो । यो भ्याक्सिन ८६ प्रतिशत प्रभावकारी भएको बताइएको छ । नेतन्याहूले पनि यो भ्याक्सिनलाई संयुक्त अरब इमिरेट्सले प्रयोग गरिसकेको बताएका छन् ।