काठमाडौं(जस)–गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले कतार च्यारिटीको सहयोगमा ३३ नेपाली परिवारलाई १३२ फुडकीट हस्तान्तरण भएको जानकारी दिएको छ । एनसिसी कतारले कोही नेपाली समस्यामा परेका भए एनसिसी कतारमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।

कतारमा स्थापित सम्पूर्ण संघ संस्था प्रमुख ज्यु तथा प्रतिनिधि ज्यूहरू, पत्रकार ज्युहरू, सम्पूर्ण दाजुभाई तथा दीदी वहिनीहरू सम्पूर्णमा अस्सालमोआलैकुम नमस्कार!
विषय: जानकारी सम्बन्धमा।
मिति २० नोभेम्बर २०२० मा एनसीसी कतार द्वारा जारी गरिएको सुचना अनुसार कतार च्यारिटी द्वारा नेपाली समुदायका परिवारहरुलाई खाद्यान्न (फुडकिट) सहयोग गर्नका लागि विवरण माग भए बमोजिम एनसीसी कतार मार्फत नेपाली परिवारहरुको विवरण संकलन गरि कतार च्यारिटीमा बुझाइएको थियो। उक्त बिबरण अनुसार कतार च्यारिटी स्वयंले सम्पर्क गरि परिवार सदस्यको आधारमा ३३ नेपालि परिवारलाई १३२ फुडकीट हस्तान्तरण गरिसकेको सबैमा जानकारी गराउदछौ।
साथै सहयोगका लागि विवरण दिएको तर फुडकीट प्राप्त नगरेका कोहि नेपाली परिवार हुनुहुन्छ भने एनसीसी कतारमा सम्पर्क गरि तल उल्लेखित मिति,स्थान र समयमा उपस्थित भई सहयोग संकलन गरिदिन सबैमा अनुरोध गर्दछौ।
मिति: १३ डिसेम्बर २०२०, आइतबार
समय: दिनको ३ बजे देखि ५:३० बजे सम्म
स्थान: अल अहलि स्पोर्ट्स कल्ब दोहा
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार