बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

जबरजस्ती करणी मुद्दामा सिद्धबाबालाई सफाई

मंगलबार, मंसिर २३ २०७७

इनरुवा(जस)–सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालत इनरुवाले एकवर्षदेखि पुर्पक्षका लागि कारागारमा रहेका सिद्धबाबालाई अभियोग पुष्टि नभएको भन्दै सफाई दिएको छ । सुनसरी जिल्ला अदालतका एक नम्बर इजलासका न्यायधिश अर्जुनप्रसाद कोइरालाले नेपाल सरकारले लिएको अभियोग दावी बमोजिम प्रतिवादीलाई जवरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग पुष्टि नभएकाले आरोपित सफाई हुने फैसला गरेका हुन् ।
सिद्धबाबाविरुद्ध पीडित महिलाले २०७६ साल पुस १० गते जबरजस्ती करणी गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । सुरुमा जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गर्न दिएको आदेश बदर गर्दै उच्च अदालत विराटनगरले पुर्पक्षका लागि कारागारमा राख्नुपर्ने आदेश दिएको थियो । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय प्रेमप्रसाद कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजालसले गिरीलाई पुर्पक्षमा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार