काठमाडौं । नेपालस्थित कतार भिसा सेन्टरले आगामी हप्तादेखि आफ्नो काम शुरु गर्ने भएको छ । सेन्टर १० डिसेम्बर (मङ्सिर २५) देखी पुनः सुरु हुने सेन्टरले जानकारी दिएको छ । । सेन्टरले अहिले अपोवाइन्टमेन्ट बुकिङको कार्य सुरु गरेको जनाएको छ ।
सेन्टरले एक सूचना जारी गर्दै आम नागरिकहरुलाई सचेत गराएको छ –‘कतार भिसा सेन्टरले कुनै किसिमको रोजगारी प्रस्ताव गर्दैन । कतार भिसा सेन्टरको भूमिका भनेको भिसा स्विकृती गर्नको लागी आवस्यक कानुनी सेवा प्रदान गर्नु मात्र हो । तर पनि बाहिरी एजेन्ट र कतार भिसा सेन्टरका प्रतिनिधिहरुबाट हुनसक्ने कपट्पूर्ण र काल्पनिक रोजगारिको प्रस्ताबहरुप्रती सावधान हुनुहोला ।’
पछिल्लो समय केहि म्यानपावर कम्पनी तथा कतार पठाउने एजेन्टहरुले कतारमा वैदेशिक रोजगारीमा पठाउने क्रममा कतार भिषा सेन्टरमा छुट्टै पैसा तिर्नुपर्ने भन्दै कामदारसँग रकम मागेको गुनास बढेको छ । सेन्टरले नेपाली कामदारसंग कुनै आर्थिक असुली नगर्ने स्पष्ट पार्दै आएको छ ।
कतार भिषा सेन्टर काठमाडौं महानगरपालिका ४ महाराजगञ्जमा रहेको छ । सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिँदै आएको छ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा गर्न पाउछन् ।
यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुन्छन् । नेपालमा भिषा सेन्टर हुनुअघि माथिका सबै काम कतारमा हुने गर्थे। अहिले यी सबै काम नेपालबाट पूरा हुन्छन्, जसका कारण नेपाली कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने व्यवस्था छ ।