शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

उपराष्ट्रपति पुन अष्ट्रिया जाँदै

शुक्रबार, जेष्ठ १० २०७६

काठमाडौँ(जस)–अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने भएका छन् यही जेठ १४ मा हुने आर २० नामक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेकोे परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । उनसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि रहनेछन । उपराष्ट्रपति पुन सोमबार भियना अन्तरराष्ट्रिय केन्द्रको ४० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ । सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिको केन्द्रका रुपमा रहेको छ । सोही दिन साँझ उन अष्ट्रियाका फेडरल चान्सलर सेबास्तियन कर्जले आयोजना गर्ने स्वागत समारोहमा समेत सरिक हुने कार्यक्रम छ ।
उनीसँगै विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रतिनिधिमण्डलका प्रमुख सो समारोहमा सहभागी हुने बताइएको छ । सम्मेलनको पहिलो दिन उपराष्ट्रपति पुनले जलवायुसम्बन्धी एउटा सत्रमा सम्बोधन गर्नुहुनेछ । सो सत्रमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख सहभागी हुनेनछ । सोही दिन उन भियनाका राष्ट्रपति बेलेनद्वारा आयोजित दिवा भोजमा सरिक हुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरुको सहभागितामा गोलमेच सम्मेलनसमेत हुनेछ । सोही साँझ संयुक्त राष्ट्र सङ्घको भियनास्थित कार्यालयका आवासीय प्रतिनिधि÷राजदूत प्रकाशकुमार सुवेदीद्वारा आयोजित रात्रिकालीन भोजमा उन सहभागी हुने कार्यक्रम छ । भियनामा रहँदा उपराष्ट्रपति पुन अन्तरराष्ट्रिय सगरमाथा दिवमा समेत सहभागी हनेछन । उपराष्ट्रपति पुन जेठ १७ गते स्वदेश फर्कनेछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार