शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

इरानका वरिष्ठ परमाणु वैज्ञानिक फाखरिदेहको हत्या

शनिबार, मंसिर १३ २०७७

एजेन्सी, १३ मङ्सिर । इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या भएको छ । राजधानी तेहरान नजिकै भएको आक्रमणमा परी उनको ज्यान गएको हो ।

दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको इरानका विदेशमन्त्री मोहम्मद जावाद जारिफले पुष्टि गरेका छन् ।

उनले यस घटनालाई आतंकवादको संज्ञा दिएका छन् । वैज्ञानिक फाखरिदेहलाई इरानी बमको पिताका रुपमा चिनिने गरिन्थ्यो ।

यसअघि सन् २०१० र २०१२ को बीचमा चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो । इरानले आफ्नो परमाणु कार्यक्रम विशुद्ध रुपमा शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले भने त्यसको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार