काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३ जनाको ज्यान गएसँगै कुल संख्या १४ सय नाघेको हो । यता पछिल्लो २४ घण्टामा थप १६ सय १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख २७ हजार ६४० जना पुगेको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । यता, पछिल्लो २४ घण्टामा १४ सय ३७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको छ ।