बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतार प्रहरीको अन्तर्वार्तामा दूतावासको कुनै पनि संलग्नता छैन : राजदूत यूसुफ

कतार प्रहरीको रोजगारी राम्रो अवसर हो

बुधबार, मंसिर १० २०७७

काठमाडौं । मिनिस्टर अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्ड (कतार प्रहरी)को आकर्षक रोजगारीका नाममा केही दिनदेखि भइरहेको भनिएको अन्तर्वार्ताको हल्लामा नेपालस्थित कतारी दूतावासको कुनै पनि संलग्नता नरहेको राजदूत युसुफ बिन मोहम्मद अल हैलले बताएका छन् लाजिम्पाटस्थित होप इन्टरनेसनल मेनपावरमा मंगलबार दूतावासको गाडि भेटिएको थियो ।

‘कतारी डेलिगेट्स नेपाल आउँदा दूतावासले गाडी र ड्राइभर उपलब्ध गराउने नियम नै छ,उहाँहरु कहाँ जानुहुन्छ मलाई थाहा हुदैन राजदूत युसुफले जनसवाल सँग भने उनले रिक्रुटिङ प्रकृयाको हल्लामा दूतावासको कुनै संलग्नता छैन र हुदैन पनि ।

मंगलबार वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मार्न जाँदा कुटनैतिक नियोगको गाडि प्रयोग गरेर कतारीहरु मेनपावरमा आएको भेटेको थियो । उक्त मेनपावरबाहिर सयौको भिडसमेत रहेको थियो उक्त मेनपावरले विभागबाट डिमाण्डको पुर्व स्वीकृतिनै नलिई कतार पुलिसमा पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिईएको जानकारीका आधारमा छापा मारेको विभागले जनाएको छ ।
यता राजदूत युसुफले भने कतारमा धेरै राम्रो पारिश्रमिक र सेवासुविधा उपलब्ध हुने कतारप्रहरीको लागि नेपाली कामदार लैजानका लागि आफैले पटक पटक सरकारी पहल समेत गरेको बताए उनले फ्री भिसा फ्री टिकटसहित सरकारी सुरक्षा गार्डमा नेपालीहरुको माग चाहि रहेको समेत बताए , नेपालीहरु उक्त कामका लागि योग्य भएकाले र यो आकर्षक रोजगारी भएकाले पनि पहल गरिएको हो, तर नेपालको सरकारी प्रकृया पुरा गर्नु पर्ने नेपाल पक्षको विषय हो । उनले नेपाल सरकारका सबै कानूनी प्रकृया पुरा गरेर मात्र बैदेशिक रोजगारीको प्रकृया थाल्न मेनपावरहरुलाई आग्रह गरेका छन् । यस विषयमा कुनै पनि गोप्यता तथा अनैतिक कार्य भए दूतावास पनि कारवाहीका लागि सहयोग गर्ने राजदूत युसुफको भनाई छ ।

राजदूत युसुफले नेपालीहरुको राम्रो अवसरका लागि गरिएको प्रयासलाई अनावश्यक हल्ला नगर्न र यो अवसर नगुमाउन समेत आग्रह गरेका छन् । कतार प्रहरीको डिमाण्ड नेपालीहरुका लागि निकै आकर्षक समेत रहेको छ । उनले नेपालका अनुमति प्राप्त सबै मेनपावरहरुले कतार रोजगारीको सबै काम गर्न सक्ने भएकाले कुनै पनि सिण्डिकेट नहुने र यस्तो हल्लाको पछी नलाग्न समेत सरोकारवाला निकायलाई आग्रह गरेका छन ।

विज्ञप्ति
कतार पुलिसमा नेपाली नागरिकलाई लैजान कतारी नागरीक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदूतावासको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौ । नेपालवाट कतारमा आवश्यक पुलिसमा भर्ति गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ता– कस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलिलाइ राज्यको जिम्मेवार निकाय राजदुतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता छैन ।
कतारी राजदूतावास
भैसेपाटी

प्रतिक्रिया
सम्बन्धित समाचार