कञ्चनपुरः कञ्चनपुरको कृष्णपुरमा शनिबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय रामेश्वरी जोशी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि चढेकी रामेश्वरीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशी र उनकै छोरी १५ वर्षीया ममता जोशी रेहका छन् । डम्बरदेवको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने ममतालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । मृतक रामेश्वरी मोटरसाइकल चालक डम्बरदेवका श्रीमान् हुन् । प्रहरीले ट्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।