शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

हङकङमा भएको आगलागीमा ७ नेपालीको मृत्यु, धेरै नेपाली घाइते

सोमबार, मंसिर १ २०७७

हङकङ । हङकङ (कौलन) को जोर्डनस्थित टिनामेन्ट फ्ल्याटमा आइतबार राति आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना पुरुष र तीन महिला रहेको बताइएको छ ।

आगलागीमा परि करिब १७ जना घाइते भएका छन् । घाइते हुनेमा सबैभन्दा बढी नेपाली रहेको दिमसम डेलीले बताएको छ ।

जोर्डनस्थित क्यान्टन रोड र साइगन स्ट्रीट जन्क्सनमा आगलागी भएको हो । आगलागी हुँदा कुनै फायर आलार्म नबजेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार भवनको पहिलो तलामा रहेको नेपाली रेष्टुरेन्टबाट आगलागी शुरु भएको बुझिएको छ । उक्त समयमा रेष्टुरेन्टमा बर्थडे पार्टी भैरहेको र घाइतेमध्ये एकजना सोहि बर्थडे पार्टीमा संलग्नन रहेका थिए । अग्नि नियन्त्रकद्वारा तत्कालै आगो नियन्त्रण गरिएको थियो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार