आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या एक हजार १७४ पुग्यो

बुधबार, कार्तिक २६ २०७७

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो ।

मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो । पछिल्लो केही सातायता कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्यामा समेत वृद्धि भइरहेको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ५६९ कोरोना भाइरस संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या दुई लाख दुई हजारभन्दा बढी पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार