काठमाडौँं(जस)–राष्ट्रपति कार्यालयले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बुधबार प्रतिनिधिसभामा फिर्ता पठाएको छ । विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी हुन् । सो विधेयक राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा बुधबार राति जारी विज्ञप्तिमा भनिएको छ ।