आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण

आइतबार, कार्तिक २३ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न ल्याबमा गरिएको पिसिआर परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९४ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १४१ जना र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन् ।

यस्तै थप २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार