शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

जो बाइडेन बने अमेरिकाका ४६ औं राष्ट्रपति

आइतबार, कार्तिक २३ २०७७

काठमाडौं । लामो समयको प्रतीक्षापछि अन्ततः अमेरिकी राष्ट्रपतिमा को निर्वाचित भन्ने नतिजा आएको छ । पछिल्लो समय आएको मत परिणामअनुसार जो बाइडेन अब अमेरिकाका ४६ औं राष्ट्रपति बनेका छन् । ७८ वर्षका जो बाइडेन डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार थिए । उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् ।

अमेरिकामा ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनले २७३ इलेक्टोरल भोट ल्याएका छन् । उनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पको अहिलेसम्म २ सय १३ इलेक्टोरल भोट आएको छ ।

अमेरिकामा राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल भोटको आवश्यकता पर्छ । यसअघि बाइडेन डेमोक्रेटिक पार्टीबाट बाराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए । उनी डेलवेयरका सबैभन्दा लामो समयसम्मका सिनेटर पनि हुन् ।

अहिलेको राष्ट्रपति निर्वाचनमा उनले ट्रम्पलाई पराजित गरेका हुन् । तर, ट्रम्पले अझै पनि यो नतिजालाई स्वीकार गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार