बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरीको उद्घाटन

बुधबार, कार्तिक ५ २०७७

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी उद्घाटन गरेकी छन् ।रानीपोखरी परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले पुननिर्माण गरिएको रानीपोखरीको उद्घाटन गरेकी हुन् ।उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरुलगायत अन्य उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो । विसं। २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार