शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

हावाहुरी पिडितलाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारद्वारा रू १ लाख सहयोग

मंगलबार, चैत्र १९ २०७५

कतारमा स्थापित अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारद्वारा प्रदेश नम्बर २ को बारा र पर्सामा हिजो राति आएको विनासकारी हावाहुरीमा परि मृत्युहुने हरु र घाइतेका परिवारहरुलाई राहत स्वरूप १ लाख रुपैया पठाउने भएको छ । संस्थाका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानलाइ उद्द्धृत गर्दै समाजका सल्लाहकार अजिज अलिले सो कुराको जानकारी गराएका हुन संस्थागत रुपमा १ लाख रुपैया राहत स्वरूप पठाउने र नेपालमा भएका संस्थामा आवद्ध साथीहरुलाइ बारा पर्सा गइ उद्धार र राहतमा सहयोग गर्न निर्देशन गरेको समेत जानकारी दिनु भएकोछ ।

समाजले बिज्ञप्ति मार्फत गहिरो दुख व्यक्त गर्दै दैविक प्रकोपको विपतको घडीमा देश बिदेशमा रहेका सबैलाई सहयोग गर्न अपिल समेत गरेको छ । समृद्ध राष्ट्रका लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय स्तरमा संजाल बिस्तार गर्दै गैरहेको अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको संस्थापकका रुपमा रहेको कतारले देशमा भैपरी आउने बिपत्तिमा पनि हातेमालो गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार