दक्षिण कोरियाली सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी नियम केही सहज बनाउने भएको छ । कोरिया को श्रम मन्त्रालयले नियम संशोधनका लागि संसद्मा पठाएको छ । नियम पारित भए पछि कोरियामा रहेका पाँच लाख भन्दा बढी ईपीएस भिसामा काम गरिरहेका विदेशी लाभान्वित हुने छन् ।कोरियामा हालसम्म कम्पनीको कारण बाहेक कामदारले कम्पनी परिवर्तन गरेमा ४ वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि कोरिया आउन चाहे भाषा परीक्षा दिन पर्ने नियम छ । नयाँ नियम अनुसार कार्यस्थल परिवर्तन गरेको कामदारले पहिले गरेकै जस्तो काम गरेमा भाषा परिक्षा नदिइ नै कमिटेड कामदारको रुपमा कोरिया फर्कन पाउने छन् तर नयाँ कम्पनीमा १ वर्ष भन्दा बढी काम गरेको हुनु पर्नेछ ।त्यसैगरी कमिटेड कामदारले ३ महिना पछि मात्रै कोरिया आउन पाउने हालको व्यवस्था परिवर्तन गरेर १ महिनामा पछि नै पहिलेको कम्पनीमा आउन पाउने छन् । कामदारले कम्पनीमा यौन दुर्व्यवहारमा परि कार्यस्थल परिवर्तन गरेको भए नयाँ कम्पनीमा १ वर्ष काम नगरे पनि सम्बन्धित निकायको सिफारिसमा पुन: कमिटेड कामदारको रुपमा आउन पाउने भएका छन् ।