शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

शनिबार ३,१६७ जनामा संक्रमण पुष्टि : १८ सय डिस्चार्ज, काठमाडौंमा थपिए १,७४६ नयाँ संक्रमित (भिडियोसहित)

शनिबार, कार्तिक १ २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । यसैबीच गत २४ घण्टमा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ हजार ८ सय जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।संक्रमितमध्ये ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन् ।
https://www.facebook.com/mohpnep/videos/415449336156236/

प्रतिक्रिया
सम्बन्धित समाचार