बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

काठमाडौँ उपत्यकामा थप १९३५ जनामा कोरोना पुष्टि

बिहिबार, असोज २९ २०७७

काठमाडौँ / काठमाडौँ उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १६९२, भक्तपुरका १३४, तथा ललितपुरका १०८ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार