आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एकैदिन अहिलेसम्मकै सर्वाधिक ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि (भिडियोसहित)

बिहिबार, असोज २२ २०७७

काठमाडौं, २२ असोज । मुलुकमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ थियो । पछिल्लो २४ घण्टामा थप २,६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७१ हजार ३४३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ६६८ रहेको थियो ।
मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७८ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/331965251225168/

प्रतिक्रिया
सम्बन्धित समाचार