शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख ६० हजार नाघ्यो

बिहिबार, असोज २२ २०७७

एजेन्सी, २२ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कुल ३ करोड ६३ लाख संक्रमित मध्ये २ करोड ७४ लाख नीको भएका छन् ।

सबैभन्दा बढी मृतक र संक्रमितको संख्या अमेरिकामा छन् । त्यहाँ ७७ लाख संक्रमितमध्ये २ लाख १६ हजारको मृत्यु भइसकेको छ । भारतमा ६८ लाख संक्रमितमध्ये एक लाख ५ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा ५० लाख संक्रमितमध्ये एक लाख ४८ हजारको मृत्यु भएको छ । नेपालमा ९४ हजार संक्रमितमध्ये ५ सय ७८ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार