काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १० हजार ८० जनाको पिसिआर परीक्षणमा १३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ७४ हजार ७४५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको छ । मन्त्रालयको अनुसार निको हुने कूल सङख्याको ७३।१ प्रतिशत हो । देशभर १९ हजार ६२४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी क्वारेन्टिनमा ६ हजार ३१० जना छन् ।
पछिल्लो २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ४८१ पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/738485840333938/