काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना परीक्षणको रिपोर्ट सम्बन्धि व्यक्तिलाई नै दिन देशभरका प्रयोगशालाहरुलाई निर्देशन गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब लक्षण नभएका संक्रमितहरु होम आइसोलेसनमा बस्नुपर्ने भएकाले प्रयोगशालाहरुले परिक्षणको नतिजा सम्बन्धित व्यक्तिलाई नै दिन निर्देशन गरिएको जानकारी दिए ।
यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिने गरिएको थियो ।