काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । यसैगरी उत्यकामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ३ र ललितपुरका २ जना गरी ५ जना रहेका छन् ।