बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका ७ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट सहयोग, अहिलेसम्म ३० जनालाई टिकट सहयोग

शनिबार, असोज १० २०७७

काठमाडौं । कतारमा हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका ७ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट उपलब्ध गराइएको छ ।

कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार चौथो चरणमा २५ सेप्टेम्बर २०२० का दिन मानसिक सन्तुलन गुमाएको बिनोद महरा( धनुषा, दुबै मृगौला गुमाएको हसामुद्दीन लेहेरी ( सर्लाही, सद्दाम खान( सुनसरी, जितेन्द्र कामती ( सिरहा, अमृता कान्दङ्वा( तेह्रथुम, राम बाबू टमाटा ( सर्लाही र आश कुमार राई( खोटाङ लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको हो ।

विज्ञप्ति :

हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका ७ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग:

कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार चौथो चरणमा २५ सेप्टेम्बर २०२० का दिन मानसिक सन्तुलन गुमाएको बिनोद महरा- धनुषा, दुबै मृगौला गुमाएको हसामुद्दीन लेहेरी – सर्लाही, सद्दाम खान- सुनसरी, जितेन्द्र कामती – सिरहा, अमृता कान्दङ्वा- तेह्रथुम, राम बाबू टमाटा – सर्लाही र आश कुमार राई- खोटाङ लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको सबैमा जानकारी गराइन्छ।

उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्य ज्युहरु तथा सहजिकरण, सहयोग र बिदाई गर्न प्रत्यक्ष एयरपोर्ट पुगनु भएको नेपाली दुताबास कतारको दित्तिय सचिव Prabin Bhattarai ज्यु, एनआरएनए आईसीसी मनार्थ परिषद सदस्य Bimal Subedi ज्यु, एनआरएनए एनसीसी कतारको सल्लाहकार क्रम सः Chanak Pokharel ज्यु तथा Mohd Aziz Ali ज्यु प्रती आभार प्रकट गर्दछु।

मोहमद मुक्तदा मुसलमान
अध्यक्ष एवम् संयोजक
स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिती- २०२०
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार