जेठ ७ गोरखा /- बुढिगण्डकी जलबिधुत आयोजना बाट पुर्णरुपमा बिस्थापित भिमसेन थापा गा. पा. वडा नं ८ घाटवेसीकोकरिव २०० घरधुरीका लागि पुनर्बास तथा पुर्नस्थापनाकालागि साविक बोर्लाङ ३ को जग्गा जिल्ला मालपोत कार्यलय बाट रोक्का भएकोले उक्त स्थानमा
न्युनतम आधारभुत आवश्यकताहरुको पनी अभाव रहेको कारण हाम्रो पहिलेकै माग अनुसार साविक बोर्लार्ङ वडा नं ७ महादेवटारको टाँडाविसौना ,टाउकेस्वाँरा लगायताका स्थानमा पुनर्बास तथा पुर्नस्थापना गर्न वडा नं ८ अध्यक्ष बासु थापा लगायत स्थानिय वासिन्दाहरुले जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापन पत्र बुझाएका छन ।
माग पत्र सहित स्थानियवासीको भेलाले गरेको निर्णय प्रति समेत प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका छन । यस प्रकारको शान्तिपुर्ण मागको सम्वन्धित निकायले उचित संबोधन गर्ने कुरामा स्थानियवासी विस्वस्त छन ।
