काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार २७६ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ९ लाख २३ हजार ८२३ जनाको पीसीआर गरिएको छ ।
हालसम्म ४७ हजार २३८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा १००५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ६११ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ७ हजार ४०३ जना सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, मकवानपुर, चितवन र रुपन्देही रहेका छन् । यस्तै हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, म्याग्दी, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन् ।
https://www.facebook.com/mohpnep/videos/685635988825947/