काठमाडौं, ३१ भदौं । नेपालमा एकै दिन हालसम्मकै बढी १,५३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
देशका विभिन्न प्रयोगशालामा १० हजार ४९४ जनामा गरिएको पिसिआर परीक्षणमा अहिलेसम्मकै बढी १,५३९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ ।
https://www.facebook.com/mohpnep/videos/244374863577108/