काठमाडौँ (जस)– एनआरएन एनसिसी अमेरिकाको निर्वाचन सम्पन्न भएर परिणाम पनि आइसकेको छ । हामी सवैको कोशिसको वावजुद, खवरदारीको वावजुद पनि विगतमा जस्तै अत्यन्त विवादकै विचमा यो निर्वाचन सम्पन्न भएको हामिले जति लुकाए पनि प्रष्ट छ l स्वतस्फ्रुत मतदाता बन्ने र नीति, कार्यक्रम र एजेण्डाको आधारमा मत हाल्ने सँस्कारको थालनी हुनुपर्छ भन्ने साझा चासो र चाहनाको पनि व्यवहारिक सुनुवाई हुन् सकेन ।
निर्वाचनको अघिल्लो दिनसम्म पनि निर्वाचन हुने वा नहुने भन्ने संसय कायम नै थियो भने करिव २००० भन्दा ज्यादा मतदाताहरुको भेरीफिकेसन समेत नभएको भन्ने त छानविन समितिकै निष्कर्ष थियो । आएका चर्चा-परिचर्चा र लागेका आरोपहरुमा कति सत्यता थियो त्यो देखिदै जाला तर बढो दुखका साथ लेख्नै पर्छ कि सम्पन्न निर्वाचन र त्यसको घोषित परिणामलाइ आम रुपमा सदैव शँकाको दृष्टिले हेरिने छ । भलै समयको गति रोकिनु हुदैन, समाजलाइ विवादित हैन एकतावद्ध बनाउन भूमिका खेलीरहनु पर्छ । परिणाममा विजित घोषित अध्यक्ष मेरा मित्र सुनिल शाह लगायत सम्पूर्ण टिमलाइ मेरो बधाई तथा शुभकामना ।
अनि मलाइ विना पूर्वाग्रह, स्वच्छ मनले साथ र सहयोग गर्ने सबैलाइ धन्यवाद दिन चाहन्छु । एनआरएन अमेरिका लगायत यस्ता सवै साझा बन्नु पर्ने फोरमहरुलाइ साँचो अर्थमा पारदर्शी , सम्मानित साझा र समाजको हितमा केन्द्रित बनाउनु पर्छ भन्ने मेरो एजेण्डालाइ मन पराएर अमेरिका भरिबाट परेको ति प्रत्यक भोटहरुलाइ सम्पत्तिको रुपमा ठानेको छु, वहाँहरुको मर्म र भावनालाइ मार्गदर्शन । यो एक पराजयले मेरो अविचलित यात्रा रोकिने छैन बरु मैले यसलाइ भविष्यको यात्रामा अगाडी बढदा शिक्षाको रुपमा ग्रहण गर्नेछु ।भनिन्छ नि ” This is not the end of the time instead it’s just a end of a process ” हो ठिक त्यही बुझाइलाइ कायम राख्दै समाज र समुदायको हितमा अझै दृढता साथ लागिरहने छु ।