देशभर ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।
संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । यो सँगै मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/769298787163992/