शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

चोरी डकैतीमा संलग्न लामामाथि प्रहरीद्धारा गोली प्रहार, टोखाबाट लियो नियन्त्रणमा

सोमबार, जेष्ठ ६ २०७६

काठमाडौँ । चोरी डकैतीमा संलग्न सिन्धुपाल्चोकको मेलम्ची घरभएका काले भनिने विष्णु लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार बिहान काठमाडौंको टोखाबाट लामालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिने क्रममा लामाले हतियार देखाएपछि घुडाँमूनि गोली हानेर उनलाई पक्राउ गरेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

लामा २०७२ सालमा ६ वर्ष जेल बसेर छुटेका थिए। त्यसयता लामाविरुद्ध ७ वटा चोरी मुद्दा रहेका छन्।

उनलाई पूर्व प्रहरी अधिकारी जयबहादुर चन्द र विश्वराज अधिकारीको घरमा चोरीमा संलग्न रहेको अरोप समेत छ ।

गोली लागेर घाइते भएका लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार