बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थप ६३४ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या ३१,११७ पुग्यो, मृत्तक संख्या १४६ पुग्यो (भिडियोसहित)

शनिबार, भाद्र ६ २०७७

काठमाडौं, ६ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६३४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २१६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ । यो संख्या आज देशभर फेला परेका संक्रमितमध्येकै हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १८ हजार ३५० उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रिमतको मृत्यु भएको हो ।
https://www.facebook.com/mohpnep/videos/1963876547082852/

प्रतिक्रिया
सम्बन्धित समाचार