बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

डब्लूएचओले भन्यो : कोरोना भाइरसको महामारी चाँडै हराएर जाने विश्वास छ

शनिबार, भाद्र ६ २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने विश्वास व्यक्त गरेको छ । कोरोना भाइरस संक्रमण फैलिएको आठ महिनापछि डब्लु्एचओले सो विश्वास व्यक्त गरेको हो ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको भएपनि उन्नत विज्ञान र प्रविधिका कारण कोरोना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने विश्वासमा आफूहरु रहेको बताए । उनले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने दाबी गरे ।

स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म रहेको थियो । त्यसले श्विका २ करोड मानिसको ज्यान लिएको थियो ।
बीबीसीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार