बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं उपत्यकामा २ सयसहित देशभर थपिए ७ सय ७ संक्रमित (भिडियोसहित)

बिहिबार, भाद्र ४ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन् । साथै बिहीबार देशभरबाट २ सय जना संक्रमित डिस्चार्ज २ सय ६३ भएका छन्। आज काठमाडौं उपत्यकामा २ सय संक्रमित भेटिएका छन् ।

आज देशभर ११ हजार ५ सय ५५ जना स‌क्रिय संक्रमित रहेका गौतमले जानकारी दिए। १७ हजार ९ सय ६४ जना आजसम्म डिस्चार्ज भएका पनि उनले जानकारी दिएका छन् । काठमाडौंमा मात्रै आज १ सय ७४ संक्रमित भेटिएका हुन् । त्यसैगरी ललितपुरमा १८ जना भेटिएका छन् । त्यसैगरी भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।
https://www.facebook.com/mohpnep/videos/632214457402223/

प्रतिक्रिया
सम्बन्धित समाचार