बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

‘शिक्षण अस्पतालका एकतिहाइ शैया आइसोलेसन’

आइतबार, साउन ३२ २०७७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड–१९ को संक्रमण बढ्दै गएपछि संक्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत संख्याको एकतिहाई हुन आउने श्यया संख्या छुट्याइ उपचारको व्यवस्था तत्कालन मिलाउन अनुरोध गरिएको जानकारी दिए । शुक्रबार पनि सबै निजी अस्पताललाई संक्रमित राख्नका लागि २० प्रतिशत श्यया छुट्याउन अनुरोध गरेको थियो ।
सभा, सेमिनार गर्न बन्द
यसैगरी मन्त्रालयले सभा, सेमिनार, आवासीय कार्यक्रम, गोष्ठी नगर्न अनुरोध गरेको छ । प्रवक्ता डा गौतमले अर्को सूचना नभएसम्म र मन्त्रालयको पूर्व स्वीकृत नलिइ कुनै पनि सभा(गोष्ठी नगर्न अनुरोध गरिएको बताए । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यबहार नगर्नसमेत अनुरोध गरेको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी संक्रमित भएका भन्दै उनीहरुको सेवाको उच्च मूल्याङ्कन गर्नुको साटो दुव्र्यवहारमा भएका घटना सार्वजनिक भएको प्रति आपत्ति जनाउँदै दुव्र्यवहार नगर्न अनुरोध गरिएको हो । प्रवक्ता डा गौतमले दुव्र्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही गरिने पनि जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार