बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, शनिबार ४६८ संक्रमित थपिए (भिडियोसहित)

शनिबार, साउन ३१ २०७७

काठमाडौं, ३१ साउन । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप तीनजनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा कपिलवस्तुका ४२ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका–१२ का ६० वर्षीय पुरुष र धनुषाको जनकनन्दनी गाउँपालिका–४ का ५० वर्षीय पुरुष रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

कोरोना संक्रमितको संख्या २६ हजार १९
नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घन्टामा ४६८ जना संक्रमित थपिएको उहाँले जानकारी दिनुभयो ।

१२४ जना ‘डिस्चार्ज’
देशभरबाट पछिल्लो २४ घन्टामा १२४ जना संक्रमणमुक्त भइ घर फर्केका छन् । अहिलेसम्म संक्रमणमुक्त भएर घर फर्कनेको संख्या १७ हजार २०१ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

२४ घन्टामा ११ हजार ४७ ओटा ‘पीसीआर’ परीक्षण
पछिल्लो २४ घन्टामा ११ हजार ४७ ओटा ‘पीसिआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म जम्मा पाँच लाख पाँच हजार ६६० ओटा पीसीआर परीक्षण भएको छ । हाल देशभर १४ हजार ४४८ जना ‘क्वारेन्टिन’मा र ५२३ जना ‘होम आइसोलेसन’मा रहेका जनाइएको छ ।

भिडियो :
https://www.facebook.com/mohpnep/videos/314407973211176/

प्रतिक्रिया
सम्बन्धित समाचार